जोडिनुहोस
  • होमपेज
  • टर्की सुरक्षाबलद्वारा १२ सय अवैध आप्रवासी पक्राउ

टर्की सुरक्षाबलद्वारा १२ सय अवैध आप्रवासी पक्राउ

टर्कीका सुरक्षा बलले नोभेम्बरमा उत्तरपश्चिम प्रान्त एडिर्नेमा एक हजार २०९ अवैध आप्रवासीलाई पक्राउ गरेको छ।

पक्राउ परेका गैरकानूनी आप्रवासीलाई कुनै विवरण नदिई एडिर्नेस्थित आप्रवासन कार्यालयमा पठाएको प्रतिवेदनमा उल्लेख छ। प्रान्तीय कमाण्ड टोलीहरूले अवैध आप्रवासनलाई रोक्ने प्रयासमा एडिर्नेको शहरको केन्द्र र वरपरका जिल्लामा निरीक्षणलाई कडा पारेका छन्।

एडिर्ने टर्कीको थ्रेस क्षेत्रमा अवस्थित ग्रिस र बुल्गेरियाको सीमाना नजिक छ। टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मात्र नभई अन्य सबै प्रान्तमा अवैध आप्रवासनविरुद्ध लड्न कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका