Thu May 19 2022
मुख्य खबर

भन्सार छलीका गरगहनासहित दुई जना पक्राउ

सिरहा – लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

भन्सार छली ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहना सहित आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश विश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार विश्वकर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गरगहनाहरू फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।