जोडिनुहोस
  • होमपेज
  • लामिछानेको प्रधानमन्त्रीलाई प्रश्न– सरकारी निकाय हुदा हुदै छानबिन समिति किन बनाइयो ?

लामिछानेको प्रधानमन्त्रीलाई प्रश्न– सरकारी निकाय हुदा हुदै छानबिन समिति किन बनाइयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनसेल खरिद–ब्रिक्री प्रकरणमा सरकारी नियामक निकायहरु हुँदा हुदै किन छुट्टै छानबिनका समिति बनाइयो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न गरेका छन् ।

मंलगबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले एनसेल प्रकरणमा सरकारी निकायहरुलाई अविश्वास गरेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न गरेका हुन् ।

उनले भने, ‘मैले गाडी चलाउँदा लाइसेन्स समातियो भने त्यसबारे त्यहीँ कारबाही गर्ने सकिन्छ तर यहाँ रवि लामिछानेको लाइसेन्स छानबिन गर्नुपर्छ भनेर समिति समिति बनाएजस्तो पो भयो । दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय लगायतले के कारणले काम गर्न सकेनन् र कुन कानुनले रोक्यो र यहाँ समिति बनाउनुपर्‍यो ?’

सभापति लामिछानेले सरकारी निकायलाई निकम्मा बनाउने काम भएको भन्दै सिस्टम बलियो बनाउनुपर्ने बताएका थिए । उनले भने, ‘हाम्रा निकायहरुलाई निकम्मा बनाउने काम किन भइरहेको छ । सिस्टम बलियो बनाएनौं भने हामी ‘कोल्याप्स’ हुन्छौं । एनसेलमा जहिल्यै पनि झुक्याउने काम भइरहेको छ । नेपालीलाई देखाउने तर कम्पनी चाहिँ विदेशीकै भइरह्यो । एनसेल खरिदकर्तामा राजनीतिक संरचना, प्रशासन र अदालत समेत प्रभावित पार्नसक्छौं भन्ने जे कन्फिडेन्ट जे बढेको छ त्यो कुरा हामीले बुझ्नुपर्छ ।’

समितिमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले आफुलाई पनि एनसेलको शेयर बिक्री प्रकरण शंकास्पद लागेको बताउदै छानबिनपछि कानुन विपरित पाइएमा कारवाही गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका