Tue May 17 2022
समाचार

लिखुपिकेमा मिना कार्की बस्नेत र ङ्वाङ लाक्पा शेर्पा कांग्रेसको उम्मेदवार

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसले मिना बस्नेत कार्कीलाई अध्यक्ष र ङ्वाङ लाक्पा शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

लामो समयसम्म स्थानिय विद्यालयमा शिक्षीका रहेकी बस्नेत यस अघिको निर्वाचनमा पनि नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार थिईन् । स्थानिय स्तरमा अध्यापन पेशाका आलवा समाजसेवा पनि सक्रीय बस्नेतलाई नेपाली काँग्रेसले यो पटक पालिका अध्यक्षको टिकट दिएको हो ।

उपाध्यक्षका उम्मेदवार शेर्पा पनि लामो समयदेखि पार्टी राजीनितमा सक्रीय रहेका ब्यक्ती हुन् ।