Fri May 20 2022
Breaking News

स्थानीय तहको निर्वाचनका लागि देशभर सवै पदमा करिव डेढ लाखकाे उम्मेदवारी

स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरबाट करिव डेढ लाख जनाको मनोनयन परेको छ । निर्वाचन आयोगले देशभरबाट परेको मनोनयनको अद्यावधिक विवरण तयार पारेको छ । अधिकांश स्थानबाट विवरण आए पनि छिटफुट रुपमा तथ्यांक संकलन गर्ने क्रम अहिले पनि चलिरहेको आयोगले जनाएको छ ।

आयोगको विवरण अनुसार, सबैभन्दा बढी प्रतिस्पर्धा मेयमा देखिएको छ । औसतमा एउटा पालिकामा मेयरमा १२ जनाको प्रतिस्पर्धा देखिएको छ । त्यसपछि गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा रहेको छ । अनि दोस्रो पदहरु उपमेयर र उपाध्यक्षमा प्रतिस्पर्धा बढी हुने देखिएको छ । संख्याको हिसावले वडा सदस्य पदमा सबैभन्दा बढी उम्मेदवारी परेको छ । दलगत रुपमा हेर्ने हो भने नेकपा एमालेले सबैभन्दा बढी स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छ ।

उसले २ सय ८८ गाउँपालिकाको अध्यक्ष र ४ सय ४६ नगरपालिकाको प्रमुखमा उमेद्वारी दिएको हो । एमालेपछि नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा मनोनयन दर्ता गर्ने दल बनेको छ । कांग्रेसले २ सय ६३ गाउँपालिकाको अध्यक्ष र ३ सय ८२ नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएको छ ।

देशभर करिव २ हजार ४ सयको हाराहारीमा गाउँपालिकाको प्रमुख र नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी परेको छ । यी बाहेक अरु साना दलको उम्मेद्वारी संख्या २ हजार ५ सय छ । स्थानीय तहको कुल उमेदवारी ६ हजार ८४४ छ ।