जोडिनुहोस
  • होमपेज
  • भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालमा जिन सिक्वेन्सिङ हुँदै

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालमा जिन सिक्वेन्सिङ हुँदै

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ  मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ भेरिएन्ट अफ इन्टरेस्ट पुष्टि भएको जनाएको छ ।

समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।

डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २ ८६ को वंशज हो । विश्व स्वास्थ्य संगठनको अनुसार नयाँ भेरिएन्टको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन् । कोरोना भाइरसले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जन भट्ट अहिलेसम्म पुरानै ओमिक्रोन भेरियन्ट पत्ता लगाएको छ । तर, भारतमा पनि नयाँ भेरियन्ट पुष्टि हुनुले नेपालमा पनि जोखिम थपिएको भन्दै अनुवांशिक जीन सिक्वेन्सिङ भइरहेको उनले बताए । उनका अनुसार नोभेम्बरमा रिपोर्ट गरिएका पोजिटिभ केसका जिन सिक्वेन्सिङको रिपोर्ट भोलि बिहीबार आउनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका