काठमाडौँ– आज विश्व औलो दिवस विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । औलो ‘एनोफिलिज’ जातको संक्रमणमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो ।
यसका लक्षण र बच्ने उपायहरुबारे जानकारी राखेको खण्डमा जीवन बचाउन सकिने छ । यस वर्ष ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जिवन बचाऔँ’ मूल नारा तय गरिएको छ ।
औलो रोगविरुद्द चालिएका कदमहरुलाई थप गति दिन नविन सोच, निदान शैली , स्वस्थकर व्यवहार, औषधी र प्रविधिको विकासमा लगानी बढाउनु पर्ने सरोकारवालाको जोड छ । त्यसका लागि सबैले आ आफनो क्षेत्रबाट सक्दो प्रयास गर्न आवश्यक छ ।
औलो भनेको के हो र यो रोग कसरी लाग्न सक्छ ?
समान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमणमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो ।
के के हुन् त औलोका लक्षणहरु ?
– १० देखी १५ दिन सम्म ज्वरो आउनु
– टाउको दुख्नु
– शरीरका भित्री अंग सुन्निनु
– जोर्नी दुख्नु
– शरीरमा रगतको मात्रा कम हुनु
– थकित महसुस हुनु
यस्ता लक्षण देखिएमा अथाव औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ । नेपालमा सरकार मातहतका सम्पूर्ण स्वास्थ्या संस्थामा औलोको निस्शुल्क परीक्षण तथा उपचार गरिन्छ ।
औलोबाट बच्ने उपायहरु
औलोबाट बच्न सबैभन्दा पहिले लामखुटेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । त्यसैले लामखुटेको टोकाइबाट जोगिन लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्ने हुन्छ। त्यसका लागि निम्न उपायहरु अपनाऔँ
लामखुट्टेको टोकाइबाट जोगीने उपायहरु
– झुल टाँगेर सुत्ने
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
– सकेसम्म जति बेला पनि बाहुला भएको लुगा लगाउने
– लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने
– लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी विहान र साँझपख सावधानी अपनाउने
लामखुट्टे नियन्त्रण गर्ने उपाय
– घर वरिपरी , कार्यलय , विद्यालयमा टायर, खुल्ला भाडा हादिमा पानी जम्मा हुन नदिने
– पानी जम्मा गर्ने भाडामा लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
– गमलाको प्लेट, फुलदानी , कुलर आदिको पानी कम्तीमा हप्तामा एम पटक फेर्ने