Fri May 20 2022
मुख्य खबर

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ – मोरङको बुढीगंगा गाउँपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–२ बगवनका अन्दाजी ३० वर्षीय शोभा राजवंशी रहेका छन् । बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।