Thu May 19 2022
मुख्य खबर

शहरी विकासमन्त्री झाँक्रीलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि झाँक्रीले विदेश भ्रमण गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगका एक आयुक्तका अनुसार आयोगले झाँक्रीको अमेरिका भ्रमणका सम्बन्धमा स्पष्टीकरण सोधिएको हो । मन्त्री झाँक्रीले स्पष्टीकरणको जवाफ पठाएकी छन् । आयोगले सोधेको स्पष्टीकरणको जवाफ मन्त्रालयको तर्फबाट आएको तर, त्यसको अध्ययन भने भइनसकेको आफूले बुझेको उनले बताए ।

झाँक्रीको अमेरिका भ्रमणका सम्बन्धमा उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो । छानबिनका क्रममा आयोगलाई जानकारी नगराई उनी अमेरिका भ्रमणमा गएको पाइएको आयोग स्रोतले जानकारी दिएको छ ।