Wed May 18 2022
Breaking News

गृहमन्त्री खाँण बागी उम्मेदवारलाई मनाउन पुगे भरतपुर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारको मनोनयन फिर्ता गराउन चितवनको भरतपुर पुगेका छन् । नेकपा माओवादी केन्द्रको भागमा भरतपुरको मेयर उम्मेदवार परेपछि कांग्रेसका कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट पक्षबाट पूर्वसांसद समेत रहेका जगन्नाथ पौडलले मेयरमा बागी उम्मेदवारी समेत दिएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धन भित्रैबाट कांग्रेस कार्यकर्ता बागी उम्मेदवार बनेपछि गृहमन्त्री खाँण असन्तुष्टलाई मनाउन भरतपुर पुगेका हुन् ।