जोडिनुहोस
  • होमपेज
  • भारतको तमिलनाडुमा बाढीमा परेर १० जनाको मृत्यु

भारतको तमिलनाडुमा बाढीमा परेर १० जनाको मृत्यु

भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो । त्यसलगत्तै तमिलनाडुमा लगातार पानी परिरहेको छ । लगातारको वर्षा आँधीको परिणाम भएको मौसमविदहरुले बताएका छन् ।

सामाजिक सञ्जालमा आइरहेका तस्वीर र भिडियोमा तमिलनाडुको ठूलो क्षेत्र जलमग्न भएको र त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्धार टोलीले डुङ्गाको प्रयोग गरिरहेको देख्न सकिन्छ। यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका