काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै नव प्रवेशी टोली गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
हैदरावादले दिएको एक सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । गुजरातका रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले । हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए । यस अघि मुम्बइमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रन जोडेको थियो । हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन माक्र्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले । गुजरातका मोहमद शामीले ३ विकेट लिए ।
यश डायल र अल्जारी जोसेफले १–१ विकेट लिए । आठ खेलमा सातौं जित निकालेर शीर्ष स्थानमा उक्लिएको गुजरातले १४ अंक जोडेको छ । हैदरावाद आठ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।