Wed May 18 2022
मुख्य खबर

३१ जिल्ला कोरोना संक्रमण मुक्त

काठमाडौं – बुधबार पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार ५,८९१ मा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २५२ जना रहेको मन्त्रालयले जनाएको छ । बुधबार पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ । यो ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालका ३१ जिल्लामा हाल एक जना पनि संक्रमित छैनन् । हाल होम आइसोलेसनमा २५१, संस्थागत आइसोलेसनमा एक जना कोरोना संक्रमित छन् । बुधबार पछिल्लो २४ घण्टामा १ लाख २३ हजार ५९० ले खोप लगाएका छन् ।