Fri May 20 2022
मुख्य खबर

नेपाल रेडक्रस सोसाइटीको कार्यालय फुटाएर चोरी

नेपाल रेडक्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ ।

बुधबार राति शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो । चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए ।

कक्षामा रहेका सबै दराज र लकहरू फोरेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन ।

चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।