जोडिनुहोस
  • होमपेज
  • युरोपेली देशद्धारा चीनलाई युक्रेनको विषयमा रसियालाई सहयोग नगर्न आग्रह

युरोपेली देशद्धारा चीनलाई युक्रेनको विषयमा रसियालाई सहयोग नगर्न आग्रह

बेइजिङ— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध मेसिन आपूर्ति गरेको आरोपमा एक दर्जन चिनियाँ कम्पनीमाथि चीनले बेलायत र युरोपेली संघबाट दबाब महसुस गरेको छ ।

जी–७ देशका नेताहरूले बुधबार भर्चुअल बैठकमा युक्रेन युद्धको बारेमा छलफल गरेपछि, बेलायतले ४६ कम्पनी र व्यक्तिहरूलाई प्रतिबन्ध लगाएको छ जसमध्ये धेरैजसो रसियामा दर्ता भएका छन् भने तीन वटा कम्पनी हङकङमा दर्ता भएका छन्। युक्रेन युद्धका कारण बेलायतले चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको यो पहिलो पटक हो ।

बैठकमा, जी–७ देशका नेताहरूले मेमा जापानको हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनमा गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आग्रह गरे। उनीहरुसँग युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि सामेल भएका थिए ।

‘हाम्रो प्रतिबद्धता रसियाको सैन्य र औद्योगिक आधारका लागि महत्वपूर्ण सबै वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउन बाँकी छ, युद्धको मैदानमा प्रयोग गरिएका सामानहरू सहित र हामी तेस्रो पक्षहरूलाई समान कारबाही गर्न आह्वान गर्दछौं’, जी–७ का नेताहरूले एक विज्ञप्तिमा भने।

‘हामी चीनलाई रुसलाई आफ्नो सैन्य आक्रमण रोक्न र तुरुन्तै पूर्ण र बिना शर्त युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न आग्रह गर्छौं’, उनीहरूले भने।

उनीहरूले चीनलाई युक्रेनसँगको प्रत्यक्ष वार्ताको माध्यमबाट क्षेत्रीय अखण्डता र संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्त र उद्देश्यहरूमा आधारित व्यापक, न्यायपूर्ण र दिगो शान्तिलाई समर्थन गर्न प्रोत्साहन गर्ने बताए।

यसैबीच, बिहीबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा युरोपेली काउन्सिलका प्रमुख चाल्र्स मिशेलले रुसलाई दोहोरो प्रयोगका सामान आपूर्ति गर्ने १३ कम्पनीलाई तत्काल कारबाही गर्न चीनलाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका