Fri May 27 2022
मुख्य खबर

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित

बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ ।

पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिएका छन् ।

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा९ ३० बमोजिम छानबिनका लागि उपकुलपति जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्ति भएका थिए ।