जोडिनुहोस
  • होमपेज
  • उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि….

उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि….

पोखरा।पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं। ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए ।

जहाज ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एअरले जनाएको छ ।

ढोका खोलेको जहाज बुद्ध एअरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को जहाजबाट ल्याउन लागेको पनि बुद्ध एअरले स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका