Wed May 18 2022
मुख्य खबर

ओलीले जनतालाई दुःख दिने मात्र काम गरे: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली नेतृत्वको सरकारले देश लुट्ने र जनतालाई दुःख दिने काम मात्र गरेको आरोप लगाएका छन् ।

आज नेकपा एकीकृत समाजवादी र नेकपाबीच भएको एकता कार्यक्रममा अध्यक्ष नेपालले केपी ओली प्रधानमन्त्री हुँदा यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको, ओम्नी प्रकरणमा जनतालाई लुट्ने जस्ता कामहरू मात्र गरेको आरोप लगाएका हुन् ।

ओलीले जनतालाई दुःख दिने काम मात्र गरेको पनि उनले आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले देश र जनतालाई सेवा दिने र सुख दिने काम आफूहरू गरेको दाबीसमेत गरे ।

आफूहरूले सम्पतिको सदुपयोग हुनुपर्छ भन्दाखेरि ओलीले दुरुपयोग गर्नुपर्छ भन्ने विचार ल्याउने काम गरेको पनि उनको आरोप छ ।

गफमा ओली अगाडि र काममा आफूहरू अगाडि रहेको भन्दै अध्यक्ष नेपालले आफूहरूले निष्ठाको राजनीति गरेको पनि बताएका थिए ।