Mon May 16 2022
खेलकुद

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज पन्जाब र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुदै छ ।पुनेमा आज राति पौने ८ बजे हुने खेलमा पन्जाब किंग्सले लखनउ सुपर जाइण्ट्सको सामना गर्ने छ । नबप्रबेशि टोलि लखनउ ८ खेल मध्ये ५ मा जित र ३ मा हार बेहोर्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको पन्जाब ४ मा जित र ४ मा हार बेहोर्दै अंक तालिकाको सातौ स्थानमा रहेको छ ।

आज दुवै टिमले जित निकाल्दै अंकतालिका सुधार गर्ने योजनाका साथ मैदान उत्रदै छन् । यसअघि गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । मुम्बईमा भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो । कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । जितसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेको छ । दिल्ली छैटौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ९ खेलमा ६ अंक जोडेको छ । कोलकत्ता आठौं स्थानमा रहेको छ ।