Sat May 21 2022
Breaking News

स्थानीय तह निर्वाचन – उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको आज अन्तिम नामावली प्रकाशन गरिने छ । उम्मेदवारी दिएकाहरुले आज उम्मेदवारी फिर्ता लिने दिन पनि हो । निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्ममा मनोनयन दर्ता गरेका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै साँझ उम्मेदवारको अन्तिम अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो ।