जोडिनुहोस
  • होमपेज
  • संसदीय समितिमा मन्त्री किरातीको अभिव्यक्तिको विरोध

संसदीय समितिमा मन्त्री किरातीको अभिव्यक्तिको विरोध

संसदीय समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको विवादास्पद अभिव्यक्तिको विरोध भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीको ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो भन्दै विरोध गर्नेलाई हतकडी लगाउने’ विवादास्पद अभिव्यक्तिको विरोध भएको हो । सांसद धवलशमशेर राणाले मन्त्री किरातीको विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।सांसद राणाले मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने र सरकारले पनि स्पष्टीकरण सोध्नुपर्ने बताए । मन्त्री किराती सहभागी बैठकमा सांसद राणाले भने, ‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो । सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका