Mon May 16 2022
मुख्य खबर

बर्दिबासबाट लागूऔषधसहित चार जना पक्राउ

महोत्तरी – इलाका प्रहरी कार्यालय बर्दिबासले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बर्दिबासबाट खटिएको प्रहरी टोलीले आज बर्दिबासस्थित सेन्टर पोइन्ट बोर्डिङ स्कुल नजिकैबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिबास -१४ बस्ने २३ वर्षीय दिनेश साह, सोही ठाउँ बस्ने २३ वर्षीय पोटा भन्ने रामबाबु महतो र चाकु भन्ने जित बहादुर पूर्वछाने रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट-१० लेखिएको एक पत्तामा ३० चक्कीको दरले चार पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा नै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले बताए ।