काठमाडौँ । पाँचदलीय सत्तागठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।
आज बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो।
आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ।