जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट बाग्मती र एपीएफको विजयी शुरुवात

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट बाग्मती र एपीएफको विजयी शुरुवात

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बाग्मतीले मधेस प्रदेशलाई २८ रनले हरायो । बाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो । मधेसका लागि पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्यले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनायो । बाग्मतीका लागि यशोदा विष्टले नट आउट ४७ र कप्तान अस्मिना कर्माचार्यले नट आउट ३० रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले २ विकेट लिइन् ।

आजै मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६ ओभर १ बलमा मात्र १ विकेट गुमाएर भेटायो । एपीएफका लागि ज्योति पाण्डेले नट आउट ४९ र इन्दु वर्माले नट आउट ३१ रन बनाइन् । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन बनाइन् । बलिङतर्फ एपीएफकी सोनु खड्काले २ विकेट लिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका