Tue May 17 2022
मुख्य खबर

ओली भन्छन्- एमाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउन सङ्कल्पित भएर लागिरहेको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले समृद्ध नेपाल : सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षालाई साकार पार्नका लागि सङ्कल्पित भएर लागिरहेको बताएका छन् ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाले आज गरेको कार्यक्रममा उहाँले पार्टीको घोषणापत्र र स्थानीयका प्रतिबद्धता उक्त सङ्कल्प भएको हुँदा काठमाडौँवासीका मतदातासँग आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले काठमाडौँ महानगरमा अनुभव र उत्साह कायम भएका नेता केशव स्थापितलाई महानगरको प्रमुखमा उठाएको र उहाँले काठमाडौँका समस्याको समाधान र विकासमा पूर्णरूपमा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

महिला हिंसाविरुद्धमा एमाले सदा रहेको र महिलालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “महिला अब चुला चौकामा मात्र छैनन्, बाहिर निस्किएका छन् डरपोक हुने होइन, महिला अस्मितालाई अवमूल्यन गर्न वा होच्याउन कसैले पनि पाउँदैन ।” उनले काठमाडौँका जनताले नेपालको राजनीतिक परिर्वतनमा १९९७ सालमा चार सहिदले राणा शासनका विरुद्ध आफ्नो बलिदान दिएको चेतनाको इतिहास स्मरण गरेका छन् ।

ओलीले स्थानीय तहको घोषणापत्रमा कामको कार्यसूचीसमेत उल्लेख गरेको बताए । प्रा.डा. रमेश भट्टराई, श्रीधर पोखरेल, उत्तम शर्मा, अनिल पोखरेललगायत एमालेमा प्रवेश गरेका छन् ।