Wed May 18 2022
मुख्य खबर

भरतपुरमा बागी कांग्रेस नेता पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसका शीर्ष नेताको दबाब र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले उमेदवारी फिर्ता लिएनन् ।

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।

पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आएका थिए । तर, पौडेललाई मनाउन नसकेपछि दुवै मन्त्री आजै काठमाडौँ फर्किएका छन् ।