Mon May 16 2022
मुख्य खबर

मुखमा बहुदलिय जनवाद र बगलीमा स्टालीनबाद बोकेर समृद्धि हासिल गर्न सकिदैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुखमा बहुदलिय जनवाद र बगलीमा स्टालीनबाद बोकेर देशको समृद्धि हासिल गर्न नसक्ने बताएकाछन् ।

उनले लोकतान्त्रिक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव समेत दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा चुनावी गीत तथा प्रचारप्रसार सामाग्री सार्वजनिक कार्यक्रममा शर्माले अराजनीतिक ढंगले ओलीले कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति टिप्पणी गरेको भन्दै मदन भण्डारीबाट केही सिक्न सुझाव दिएका हुन् ।

शर्माले निर्वाचनमा सवै दलले लोकतान्त्रिक संस्कृति देखाउनुपर्ने धारणा राखे। शर्माले प्रचार अभियानलाई आवेगका साथ नभइ संयमका साथ अघि बढाउन आग्रह गरे ।

शर्माले कांग्रेसले सक्ने काम मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै घोषणापत्रलाई जनतामाझ लैजान निर्देशन दिए ।