Mon May 16 2022
मुख्य खबर

नेकपा एसबाट ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसके : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका केही सदस्यहरु गरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका हुन्।

अध्यक्ष नेपालले यस्तै विजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको विजय सुनिश्चित रहेको उनले बताए। अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सबै तयार हुनुपर्ने जिकिर गरे। उनले उम्मेदवार चयनका विषयमा देखिएका विषयमा गठबन्धनभित्र समीक्षा हुने पनि बताए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी र बहिगर्मित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।