Thu May 19 2022
मुख्य खबर

अझै सुध्रिएन यातायातको सेवा, सेवाग्राहीलाई सधै सास्ती

मेनुका लम्साल- ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा दिनुहुँ सेवाग्राहीको भीड लाग्छ । सवारी चालक अनुमति पत्र बनाउन र नवीकरण गर्न जाने सेवाग्राहीलाई टोकन लिन मात्रै पनि घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता छ । टोकन लिइसकेपछि पनि बाँकी काम पुर्ण रुपमा सम्पन्न गर्न झनै थुप्रो समय लाग्ने र सास्ती खेप्नु पर्ने सर्वसाधरणको गुनासो छ ।

नेपालका अधिकांश सरकारी कार्यालयहरु अभैm पनि सेवाग्राहीमैत्री बन्न सकेका छैनन् । वित्तिय संस्थादेखि मालपोत तथा यातायात कार्यालयसम्म सोवाग्राहीमैत्री नबन्दा कार्यलयहरु अस्तव्यस्त त बन्ने नै भयो सेवाग्राहीले पनि मुस्किलले सेवा पाउने गर्छन् ।

सरकारी कार्यालयहरु प्रविधि मैत्रीबन्दै गएको भनिएपनि सेवाग्राहीले सेवा लिन घण्टौ लाईनमा बस्नुपर्ने बाध्यता भने अझै उस्तै छ । यस्तै एउटा उदाहरण हो, यातायात व्यवस्था कार्यालय ।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा दिनहुँजस्तै चाप हुन्छ । सवारी चालक अनुमति पत्र बनाउन र नवीकरण गर्न जाने सेवाग्राहीलाई टोकन लिन मात्रै पनि घण्टौसम्म लाइन बस्छन् । यातायात कार्यलयको प्रमुख समस्या भनेको नै घण्टौ सम्म लाइन बस्नु पर्ने हो ।

यता यातायात कार्यलयले भने सेवाग्राहीको बढ्दो चाप र पर्याप्त कर्मचारीको अभावका कारण काममा ढिलासुस्ती हुने र सेवाको लागि भीड हुने गरेको बताएको छ । कर्मचारीको संख्या कम भए पनि कार्यलयमा सेवा लिन आएका सेवाग्राहीलाई धेरै समय लगाएरै भएपनि सेवा दिने प्रयत्न गरिरहेको जनाएको छ ।

कार्यलयले हालसम्म सेवाग्राहीलाई परेको समस्या निवेदन लेखि दिने र निवेदन माथि सम्बन्धित व्यक्ति मिलेर छलफल गर्ने गरेको पनि जनाएको छ । जसमा पनि कार्यलयले गर्ने समाधान गर्न सकेको खण्डमा समाधान गर्ने र नसकेको खण्डमा माथिल्लो तह मन्त्रालयमा पठाउने गरेको कार्यलयले जनाएको छ ।

यो त एक सरकारी कार्यलयको उदाहरण मात्र हो, नेपालको परिपेक्षमा यस्तो दुरदशा हरेक सरकारी कार्यलयमा कायमै छ । बढ्दो प्रविधीको युगमा पनि नेपालका अधिकाश सरकारी कार्यालयहरुमा त्यही पुरानो कार्यशैली छ । जसकारण हजारौं सेवाग्राहीहरु दिनहुँ मर्कामा पर्ने गरेका छन् । यसतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।