काठमाडौँ– आज मे १ तारिख १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवस । काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ।
यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगार स् विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मे दिवस मनाउँदै छ ।
नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वका रुपमा मनाउँदै आएका छन्। श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ।
नेपालमा वि। सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो। विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो। तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो।
अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ ९स्वतन्त्र०लगायतका मजदुर संगठनले र्यालीलगायतका विविध कार्यक्रम गर्दैछन्।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो। उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ।