Mon May 16 2022
अन्तर्राष्ट्रिय

युक्रेनका युद्ध प्रभावित बालबालिका भेट्दै एन्जेलिना जोली

काठमाडौं – हलिउड अभिनेत्री एन्जेलिना जोली युद्धग्रस्त युक्रेनको आकस्मिक भ्रमणमा निस्किएकी छन् । उनी पश्चिमी युक्रेनी सहर लिभ पुगेर त्यहाँका विद्यालय र चिकित्सकालयको भ्रमणमा व्यस्त छिन् ।

उनले रुसी आक्रमणमा परि घरबिहीन भएका परिवारलाई पनि भेटेकि छिन् । भ्रमणका क्रममा आक्रमणको साइरन बजेपछि उनको लिभ भ्रमण प्रभावित भएको थियो ।

सन् २०११ देखि ४६ वर्षीया अभिनेत्री जोली राष्ट्रसंघीय शरणार्थी नियोगको विशेष दूत नियुक्त छिन् । उक्त नियोग अनुसार पछिल्ला दुई महिनामा रुसी आक्रमणमा परी युक्रेनका १ करोड २७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । यो संख्या युद्धअघि रुसी जनसंख्याको ३० प्रतिशत रहेको जनाइएको छ ।

लिभस्थित स्टेसन भ्रमणमा जोलीले विस्थापित मानिससँग काम गर्ने स्वयंसेवकलाई भेटेर मनोचिकित्सकसँग १५ मिनेट कुराकानी गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।