Mon May 16 2022
स्वास्थ्य/जीवनशैली

‘लु’ अर्थात तातो हावाबाट कसरी जोगिने ?

काठमाडौँ – वैशाख मध्य लागेसँगै देशभर गर्मी बढेको छ । गर्मीयामसँगै तापक्रम पनि बढेको छ । तराईका क्षेत्रमा मौसम पूर्वानुमान शाखाले तातो हावा ‘लु’ चल्न सक्ने जनाएको छ । यस्तोमा ‘लु’ लागिहालेमा तत्काल के गर्ने भन्ने बारे जानिराख्न उपयुक्त हुन्छ ।

‘लु’ लाग्दाका लक्षणहरु:

– हृदयको गति तीव्र हुने,

– शरीरबाट पसिना ननिस्किने,

– टाउको अत्यधिक दुख्ने,

– चक्कर लाग्ने, अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने,

– छाला सुख्खा ,रातो वा तातो हुने,

बच्ने उपायहरु:

चिकित्सकका अनुसार गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्छ । माथि उल्लेखित असरहरु देखिएका बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजानुपर्छ ।

‘लु’ लागिहालेमा के गर्ने  ?

– दिउँसो घरबाट बाहिर ननिस्कने,

– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने,

– बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने,

– चिसो पानीेले नुहाउने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने,

– खेतबारीका कामकाज सकभर बिहान वा बेलुका गर्ने,

– मदिरा सेवन नगर्ने

– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने ।