जोडिनुहोस
  • होमपेज
  • वीरगञ्ज प्लेअफबाट बाहिरियो

वीरगञ्ज प्लेअफबाट बाहिरियो

दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा शनिबार वीरगञ्ज युनाईटेड बुटवल लुम्बिनीसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले लुम्बिनीसँग १–० को हार ब्यहोरेको हो । वीरगञ्जलाई हराउन बुटवलका लागि इन्जुरी समयमा चन्दन दासले विजयी गोल गरे । बुटवलसँग हारेको वीरगञ्ज प्लेअफको दौडबाट बाहिरिएको छ । बुटवललाई हराउँदै प्लेअफमा स्थान पक्का गर्ने अवसर वीरगञ्जसँग थियो । तर लिग चरणको अन्तिम खेलमा वीरगञ्जले जित निकाल्न सकेन । वीरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ । वीरगञ्जको हारले ललितपुरले प्लेअफमा लगभग स्थान पक्का गरेको छ । वीरगञ्ज ८ अंक सहित तालिकाको आठौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका