Fri May 20 2022
मुख्य खबर

महामन्त्री शर्माको जवाफ- ‘एमाले एक क्विन्टल आलु र गठबन्धन एक तोला सुन’

 

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आसन्न स्थानीय निर्वाचनमा विजयी बन्ने दाबी गर्नुभएको छ ।

महामन्त्री शर्माले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय रुपमा विजयी हुने दाबी गर्नुभएको हो । उहाँले काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरा मात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको बताउनु भयो ।

महामन्त्री शर्माले स्थानीय निर्वाचनमा काँग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक-एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो ।

केही दिनअघि एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिनुभएको थियो । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक÷एक तोला मात्र भएपनि सुन भएको जिकिर गर्नुभयो ।