Tue May 17 2022
मुख्य खबर

सिन्धुपाल्चोकमा उम्मेद्‌वारलाई राप्रपाले खुवायो भ्रष्टाचार नगर्ने कसम

राप्रपाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्षमा उम्मेद्‌वारी दिएका आफ्ना नेताहरूलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको छ ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला गरेर राप्रपाले आफ्नो पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेद्‌वार बनाएइकाहरूलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको हो ।

केही दिनअघि काठमाडौँमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार गरेर पैसा खानु आमाको रगत खानु सरह हुने भन्दै कसम खुवाएर मात्रै उम्मेदवार बनाउने बताएका थिए ।

अध्यक्ष लिङ्देनको सोही उद्घोषबमोजिम राप्रपाका सबै उम्मेदवारलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको राप्रपा जिल्ला अध्यक्ष राजकुमार कुँवरले बताए । त्यस अवसरमा राप्रपा चौतारा साँगाचोकगढी नगरपालिकाकी मेयर उम्मेद्‌वार सुन्तली ढुँगेललगायतका उम्मेदवारहरू सहभागी थिए ।