जोडिनुहोस
  • होमपेज
  • ग्रीसद्वारा भू मध्य सागरबाट ८१ आप्रवासीको उद्धार

ग्रीसद्वारा भू मध्य सागरबाट ८१ आप्रवासीको उद्धार

भूमध्यसागरस्थित अन्तर्राष्ट्रिय जल क्षेत्रबाट ८१ जना आप्रवासीको ग्रीक अधिकारीहरूले उद्धार गरेका छन् । ग्रीसको राष्ट्रिय प्रसारकले शुक्रबार दिएको जानकारीमा घटनामा बेपत्ता तथा क्षतिको विवरण भने खुलाइएको छैन । फ्रान्सेली झण्डासहितको मालवाहक जहाज ग्रीसको समुद्री तटबाट करिब १२० माइल टाढाको क्षेत्रमा फसेको थियो । डुङ्गामा सवार ८१ जनालाई ग्रीसको पेलोपोनिज प्रायद्वीपको कालामाता बन्दरगाह सहरमा सारिएको छ । गत बर्ष पनि यही क्षेत्र र समयमा क्षमताभन्दा बढी धेरै सामान लिएर इटालीतर्फ जाँदै गरेको डुङ्गा पेलोपोनीज प्रायद्वीपको समुद्रमा डुबेको थियो । उक्त डुङ्गामा यात्रारत १०४ जनालाई ग्रीसको कोस्ट गार्डले सकुशल उद्धार गरेको थियो भने ८२ जनाको मृत शरीरलाई पानीबाट निकाली आफन्तलाई बुझाइएको थियो । सन् २०१५ मा शरणार्थी आप्रवासन संकट सुरु भएदेखि, एक लाख भन्दा बढी मानिसहरू ग्रीस पुगेका छन् । जसमध्ये अधिकांश युरोपेली देशहरू तर्फ लागेका छन् । युरोपेली परिषद् तथा संसद्ले बुधबार एक अस्थायी सम्झौता गरी यस मुद्दामा वर्षौंको गतिरोध तोड्दै शरण र आप्रवासन नीतिलाई पूर्ण रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका