Sat May 21 2022
मुख्य खबर

गठबन्धनको विरोध गर्नु केपी ओलीलाई बलियो बनाउनु हो: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध गर्नु भनेको केपी ओलीलाई बलियो बनाउनु भएको बताएका छन् । स्थानीय निर्वाचनमा भएको गठबन्धनले नोक्सान नगरेको भन्दै नेता पौडेलले जनमत कमजोर रहेकाले कांग्रेसलाई बलियो बनाउन गठबन्धन आवश्यक रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध गर्नु भनेको केपी ओलीलाई बलियो बनाउनु भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले स्थानीय निर्वाचनमा भएको गठबन्धनले नोक्सान नगरेको बताएका छन् ।

पौडेलले जनमत कमजोर रहेकाले कांग्रेसलाई बलियो बनाउन गठबन्धन आवश्यक रहेको भन्दै गठबन्धनको मर्म र भावना अनुसार मतदान गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । उनले जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको हुँदा गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने बताएका छन् ।

नेता पौडेलले आसन्न निर्वाचनमा ५० प्रतिशत भन्दा माथि कांग्रेस प्रति जनमत पु¥याउन गठबन्धन गरेको भन्दै गठबन्धनको बचाउ गरेका छन् । पौडेलले २३ सिटमा अड्किएको कांग्रेसलाई ९३ सिटमा पु¥याउन गठबन्धन गरेको र यसले कांग्रेस बलियो हुने दाबी गरे । पौडेलले अझै धेरै कुरा गर्न बाँकी रहेको र मजदुरले अधिकार नपाएको समेत चर्चा गरे ।

नेता पौडेलले मुलुकमा प्रजातन्त्रको लडाइ नसकिएको भन्दै देशीविदेशी षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय षड्यन्त्रकारीबाट देशलाई स्थायीत्वमा लग्न नदिन, विकासलाई रोक्ने काम भइरहेकाले अझै पनि प्रजातन्त्रको लडाई लड्नुपर्ने अवस्था आएको बताएका छन् । पौडेलले गठबन्धनको विरोध गर्नु भनेको केपी ओलीलाई बलियो बनाउनु भएको बताएका छन् ।

नेता पौडेलले गाउँघरमा सबैभन्दा बढी मेहनत गर्ने, समाजमा सबैभन्दा बढी श्रमको काम गर्ने मजदुरलाई तल्लो दर्जामा राख्ने पुरानो संस्कृति अन्त्य नभएको बताएका छन् ।

पौडेलले आर्थिक रुपले शोषणको अन्त्य हुनुपर्ने, सामाजिक रुपले भेदभावको अन्त्य हुनुपर्ने, महिला, दलित, श्रमजिवि, किसान, मजदुर, जनताको सम्मान र बराबरीको अधिकारी सबै सरहको हुनुपर्ने अडानसहित कांग्रेस प्रजातन्त्र र समाजवादको नारा लिएर अगाडि बढेको समेत दाबी गरेका छन् ।