जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो देव गुरुङ

राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफू राष्ट्रियसभाको उम्मेद्वार बन्ने भन्ने बारेको कुरा सत्य नभएको बताएका छ्न । उनले यो कुरा हल्ला र भ्रम भएको बताए । केही सञ्चार माध्यमले आफूखुसी लेखेको भन्दै अहिले पार्टीको जिम्मेवारीमा भएकाले त्यतातिर सोच नभएको बताए । उनले खबरहबसंग भने, ‘कुनै पनि उम्मेद्वार र उम्मेदवारीका बारेमा अहिले छलफल भएको छैन । म त झन राष्ट्रियसभामा जाने पक्षमा पनि छैन । हुँदै नभएको विषयमा हल्ला त गर्नुभएन नि । यो विषमा छलफल नै भएको छैन ।’ उनले पार्टीमा छलफल हुने र पार्टीले दिएको सल्लाहमा आफू चल्ने बताउँदै अरुलाई अवसर दिने पक्षमा आफू रहेको बताएका छन् । उनले भने, ‘को को उम्मेदवार भन्ने विषयमा छलफल नै भएको छैन । यतिकै हल्ला गर्नु त भएन नि । मलाई पनि सोध्नु पर्यो नि ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका