Tue May 17 2022
Breaking News

ओलीले गरे मजदुरको तारिफ, स्थापितले आफ्नै गर्दा डंगोलले के भनिन् ?

मेनुका लम्साल- नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मजदुरका संघर्षबाट प्राप्त भएको सफलताको प्रतिकको रुपमा मजदुर दिवस सुरु भएको बताउनु भएको छ ।

मजदुरका पिडा, दमन, असमानता र विभेदको अन्त्यका निम्ती मजदुरले गरेका संघर्ष र सफलतालाई विश्व मजदुर दिवसको रुपमा मनाइएको ओलीले बताउनु भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मजदुरले गरेका संघर्ष र सफलता प्राप्तीको प्रतिकको रुपमा मजदुर दिवसको सुरु भएको बताएका छन् ।

अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले मजदुरका पिडा, दमन, असमानता र विभेदको अन्त्यका निम्ती मजदुर दिवस मनाउन थालिएको टिप्पणी गरेका हुन् ।

उनले काठमाडौ बनाउन मजदुरको योगदान रहेको चर्चा गर्दै, पुरै विश्व विश्वका हरेक माटोमा मजदुरको श्रम रहेको उल्लेख गरेका छन् । उनले नेपालमा राजनीतिक आन्दोलनको जननी समेत मजदुर आन्दोलन नै रहेको बताएका छन् ।

मजदुर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीसंगै एमालेका स्थानीय तह निर्वाचनका उम्मेद्धारसम्मको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरका मेयर आकांक्षी केशव स्थापितले काठमाडौंलाई गतीशिल बनाउन अब खोजीखोजी युवालाई ल्याउनु पर्ने बताए । उनले काठमाडौंमा भेदभाव, छुवाछुत तथा गरिब नभन्ने एक मात्र स्वच्छ समाजको परिकल्पना गर्न मिल्ने भन्दै रोजगार र आवास दिलाउने आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा उपस्थित काठमाडौं महानगरमा एमालेबाट उपमेयरकी आकांक्षी सुनिता डंगोलले आफूले जित हासिल गरे महानगरबाट बालश्रम न्युनिकरण, युवााई सदाचार शिक्षाको अभाव हुन नदिने अडान लिएकि छन् । डंगोलले श्रमिकहरु विचमा हुने विभेद र अन्यायका लागि आफु सधै उनीहरुको आवाज बनेर अघि सर्ने प्रतिवद्धता समेत गरीन् ।

आइतबार देशभर मजदुर दिवसका अवसरमा विभिन्न कार्यक्रम भए । तर ति कार्यक्रम कोठा र स्टेजमा सिमित हुँदा आफ्नालाई मनाइएका दिवसका बारेमा मजदुरहरु भने बेखबर थिए ।

नेपालका अधिकाशं मजदुर गास, बास र कपासको अभावमा बाच्न बाध्य छन् । तसर्थ अब सरकार र राजनीतिक दलको चासो मजदुर केन्द्रित हुन र उनीहरुको जीवनयापन सहज बनाउन आवश्यक छ ।