Sat May 21 2022
खेलकुद

टी– ट्वान्टी सिरिजमा नेपाल र जिम्बाबेबीचको दोस्रो खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो टी–ट्वान्टी अन्तर्गत आज जिम्बावे ए विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । जिम्बावे सिरिज आफ्नो बनाउन चाहन्छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेलिरहेको हो। सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।