Thu May 26 2022
समाचार

काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन अन्तरगत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा नम्वर १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उनिहरु निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचित हुनु हुनेमा वडा नम्वर १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली हरिजन र २७ की प्रभा परियार रहेका छन ।