Tue May 17 2022
मुख्य खबर

भारतमा एकै दिन ३,१५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा थप ३,१५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ । पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ ।

दिल्लीमा सबैभन्दा बढी १,४८५ संक्रमित भेटिएका छन् । हरियाणामा ४७९, केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन् । योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ । सोमबार ४०८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन् ।