जोडिनुहोस
  • होमपेज
  • कलेज स्नातकहरू चीनमा मासिक खर्च व्यवस्थापन गर्न दुई ठाउँमा काम गर्न बाध्य

कलेज स्नातकहरू चीनमा मासिक खर्च व्यवस्थापन गर्न दुई ठाउँमा काम गर्न बाध्य

बेइजिङ— चीनमा १६ देखि २४ वर्षका बीचको बेरोजगारी दर जुनमा २१ दशमलव ३ प्रतिशत पुगेको छ । जसका कारण प्रत्येक लाखौं कलेज विद्यार्थीहरूको भविष्यको बारेमा चिन्ता बढाएको छ।

भ्याइस अफm अमेरिका (भीओए) ले एक कलेज स्नातकलाई उद्धृत गर्दै जीवन सोचेको जस्तो हुन सकेको छैन। लिउ चाङले २०२० मा हेबेई युनिभर्सिटी अफ ट्रेडिशनल चाइनिज मेडिसिनबाट अकुपंक्चर र मसाजमा स्नातक गरे।

उनी सन् २०२२ देखि हेबेईको शिजियाझुआङमा रहेको सामुदायिक अस्पतालको प्रशासनिक कर्मचारीमा कार्यरत छन्। चीनमा भर्खरका धेरै स्नातकहरू जस्तै, उनले आफ्नो तलब पारिवारिक खर्च पूरा गर्न पर्याप्त नभएको बताएका छन् ।

त्यसैले सेप्टेम्बरमा, उनले आफ्नो आम्दानी बढाउन सडकमा स्टल सुरु गरेका थिए। ‘डिसेम्बर १८ मा साँझ ५ बजे कामबाट छुटेपछि सडकमा फास्टफुड स्टल राखेको बताए ।

हालै मौसम चिसो भएको छ, र धेरै मानिसहरू गर्मीमा बाहिर निस्कन सकेनन्। जब व्यापार राम्रो हुन्छ, म हरेक रात बाहिर जान्छु र महिनाको चार देखि पाँच हजार युआन कमाउँछु, जुन मेरो मासिक तलब जत्तिकै हो, लिउले भने।

कम लागतका कारण त्यहाँ आधाभन्दा बढी कामदार ठेकेदार छन्।ू खाद्य कारखानाबाट बेरोजगार छोडेका वाङले अनलाइन बिरुवाहरू बेचेर केही आम्दानी गर्ने प्रयास गरे तर असफल भए।

उनले चीनमा धेरै कलेज स्नातकहरूले आफ्नो अपेक्षाहरूमा कठिन समायोजन गर्नुपरेको छ।

बेइजिङ नर्मल युनिभर्सिटीका सन् २०१२ मा स्नातक गरेका ली पिङले सन् २०१७ देखि बेइजिङको सिझिमेन क्षेत्रको एउटा स्टलमा एक दिनको जागिर हुँदा पनि जुत्ता र झोला बेच्दै आएको बताए।

सरकारले बेरोजगारको समस्या समाधान गरेको दाबी गरे पनि वास्तविक सुधार नभएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका