Mon May 16 2022
मुख्य खबर

आईजीपी नियुक्तिविरुद्ध एआइजी विश्वराजले सर्वोच्चमा दायर गरे रिट

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा असन्तुष्ट एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् ।

सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत गुहार्न पुगेका हुन् । सिंहले आज दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाएका हुन् ।