Wed May 18 2022
मुख्य खबर

भारतीय प्रधानमन्त्री मोदी युरोप भ्रमणमा जाने

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएका छन्। उनी सोमबार युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनी तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीेले यस पटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नेछन् ।

उनी सोमबार नै जर्मनी पुग्नेछन् । जर्मनीपछि उनले डेनमार्क र फ्रान्सको भ्रमण गर्नेछन् ।