जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेट सङ्क्रमणकालीन न्यायको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेट सङ्क्रमणकालीन न्यायको विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मुख्यगरी सङ्क्रमणकालीन न्याय टीआरसीको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि हुनुुहुन्थ्यो ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । भोलि फेरि बैठक बस्नेछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर विधेयक आउँदो सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी छ । २०६३ साल मङ्सिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएको थियो । तर १७ वर्ष बितिसक्दा पनि यो विषय सुल्झिन सकेको छैन । यस अवधिमा गठित सत्य निरूपण अनि बेपत्ता छानबिन जस्ता आयोगले ६० हजारभन्दा धेरै उजुरी सङ्कलन गरे पनि पीडितलाई न्याय र परिपूरणको काम टुङ्गोमा पुग्न नसकेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका