Sun May 22 2022
मुख्य खबर

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — नेपालमा आइतबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ३ हजार ३ सय३३ पिसिआर परिक्षणका क्रममा ८ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ७४ जना निको भएका छन् । हाल नेपालमा २ सय ११ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।