काठमाडौं – कास्कीको अन्नपूर्णमा कार र मोटरसाइकल ठोक्किँदा एकैघरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुन रहेका छन् ।
सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जनाइएको छ । कारको ठक्करबाट बाबुछोरीको मृत्यु भएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।