Thu May 19 2022
मुख्य खबर

 इद उल फित्र मनाइँदै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगाएतबाट शुभकामना व्यक्त 

अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना सौवालको पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदै छन । दशौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन रहेको छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ । खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदउल फित्र मनाउन लागिएको हो ।

सरकारले पर्वमा अवसरमा सार्वजनिक विदा दिएको छ । पर्वमा अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगाएत राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन ।