Mon May 16 2022
मुख्य खबर

प्रदेश–१ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रदेश–१ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिनेलाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो ।

तीमध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् ।

त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।